गायक सुमन केसीको आवाजमा“ जाउन छम्मा बारमा “ भिडियो सहित ।

Follow by Email
Facebook20
Twitter

पछिल्लो समयमा निकै रुचाइएका गायक सुमन केसी र गायिका माया बुढाको आवाजमा“ जाउन छम्मा बारमा “गीतको भिडियो बजारमा आएको छ । पछिल्लो समयमा युवा युवतीहरु बार तथा डिस्कोमा गएर आपसमा प्रेमका भावहरु आपसमा साटासाट गर्ने प्रचलन बढ्दै गएको छ । यसै विषयलाई आधार बनाएर निकै रमाइलो पारामा गीत तयार गरिएको गायक सुमन केसीले बताए ।

युवतीहरुको नजरमा राम्रो बन्नको लागी हजारौ सपनाहरु सजाउने युवाको भावनालाई गीतमा समेटिएको छ । चेतन बोहरा, टेक साउद र माया साउदको शब्द तथा चेतन बोहराको संगीतमा गीत तयार गरिएको छ । गीतमा जगत तरुवाको रयाप रहेको छ । प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ जाउन छम्मा बारमा “ गीतको भिडियोमा टेक साउद र अनामिका कार्कीको फिचरिङ रहेको छ ।

“ जाउन छम्मा बारमा “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : ११ मंसिर २०७६, बुधबार १९:११

Our Team

 

Director :- Babita Shrestha

 

Managing Director :- Rajendra Puri

 

Member :- Om shrestha

Editor :- Rajesh Kumar

Recodist:- Basanta Chand

 

 

Contact Us

Priyasi Music Pvt LTD

 

Anamnagar, kathmandu, Nepal

 

Mobile No : 9851203277 ,9818234834

 

Email:- Priyasimusic11@gmail.com